नयाँ राजनीतिक दलहरुको परिवर्तनको एजेण्डा कमजोर भयोः नेता रिजाल

संवाददाता
१ श्रावण २०८१, मंगलवार १२:३५

१ श्रावण, काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले परिवर्तनकारी शक्तिको नाम लिएर उदाएका नयाँ राजनीतिक दलहरुको परिवर्तनको एजेण्डा कमजोर भएको बताउनुभएको छ ।
उहाँले नेकपा (माओवादी केन्द्र) प्रति लक्षित गर्दै २०६४ सालमा उदाएका राजनीतिक दलहरुको परिवर्तनकारी एजेण्डा ओझेलमा परेको बताउनुभयो । उहाँले सत्तादेखि सत्तासम्मका लागि राजनीति हुँदा परिवर्तनको नाममा उदाएका कुनैपनि शक्तिले आफ्नो अन्तिम बिन्दुसम्म पुग्न नसकेको बताउनुभयो । नेता रिजालले परिवर्तनलाई प्रतिनिधित्व गरेर बलियो प्रतिपक्ष बन्न आग्रह समेत गर्नुभयो । उहाँले मधेसी राजनीतिक दलहरुले पनि सत्तामोहमा फसेर आफ्ना एजेण्डाहरु बिर्सिएको बताउनु भयो । जुन मुद्दालाई प्रतिनिधित्व गरेर राजनीतिमा उदाइएको हो त्यही मुद्दा बिर्सिएको बताउनु भयो ।
नेता रिजालले अहिलेको राजनीतिबाट देशमा चुलिएको निराशालाई चिर्नका लागि कांग्रेस र एमाले एक ठाउँमा उभिएको बताउनुभयो । एमाले र काँग्रेसले आफ्ना बीचका अविश्वासहरुलाई बिर्सेर देश प्रतिको आफ्नो जिम्मेवारीलाई सम्झेर जोखिम उठाएको उहाँको भनाई छ । नेता रिजालले अहिलेको संविधान छुँदै नछोएको संविधान नभएको भन्दै अहिलेसम्म दुई पटक संशोधन भइसकेको बताउनु भयो । शासनलाई ठिक बाटोमा नलग्दासम्म समस्याहरु सिर्जित भइरहने भएकाले काँग्रेस र एमालेले शासनलाई ठिक बाटोमा लैजान आवश्यक रहेको नेता रिजालले बताउनुभयो ।
नेता रिजालले जनताले खोजेको परिवर्तन, विकास र समृद्धिलाई मध्यनजर गरी वर्तमान सरकारले काम कारबाही अघि बढाउने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*