बैंककको होटलमा ६ विदेशी नागरिक मृत फेला

संवाददाता
३ श्रावण २०८१, बिहीबार ११:२६

३ श्रावण, एजेन्सी । बैंकक शहरको एउटा होटलमा ६ जना विदेशी नागरिक मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीले उनीहरूलाई गोली हानेर मारिएको भन्ने रिपोर्टलाई खारेज गरेको छ । होटलको एउटै कोठामा तीन पुरुष र तीन महिलाको शव फेला परेको र मृत्युको कारण भने खुल्न नसकेको महानगरीय प्रहरी ब्युरो आयुक्त थिती साङ्सावाङले बताउनु भयो । होटलको कोठामा शंकास्पद वस्तु फेला परेकाले घटनास्थलमा झगडाको कुनै संकेत नभेटिएकाले प्रारम्भिक अनुसन्धानबाट घटना विष सेवन भएको हुनसक्ने उहाँले बताउनु भयो । थाइल्याण्डका प्रधानमन्त्री श्रेथा थाभिसिनले जनतामा कुनै असर नहोस् भनेर घटनाको छानबिन गर्न आदेश दिनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*