इजिप्टको गहुँको भण्डार लगभग ७ महिनाको लागि पर्याप्त

संवाददाता
४ श्रावण २०८१, शुक्रबार १२:०५

४ श्रावण, एजेन्सी । इजिप्टका आपूर्ति र आन्तरिक व्यापारमन्त्री शेरिफ फारुकले देशको गहुँको भण्डार ६.९ महिनाको लागि पर्याप्त रहेको बताउनुभएको छ ।
फारुकले स्थानीय किसानहरूबाट गहुँको खरिद र मन्त्रालयले हालै बुल्गेरिया र रसियाबाट ७ लाख ७० हजार टन गहुँ खरिद गरेर यो भण्डार सुरक्षित गरिएको बताउनु भयो । उहाँले सहुलियतपूर्ण रोटी उत्पादनका लागि छुट्याइएको गहुँको रणनीतिक भण्डारलाई ६ महिनासम्म प्रवद्र्धन गर्न सरकार तत्पर रहेकोमा जोड दिनुभयो । इजिप्टको सरकारले परम्परागत फ्ल्याटब्रेडको सहुलियत मूल्यलाई ०.२ इजिप्टियन पाउण्ड (लगभग ०.००४१ अमेरिकी डलर) जुन १ देखि राष्ट्रव्यापी रूपमा चार गुणा बढाएर सार्वजनिक बजेटमा भारी तनाव कम गर्न तीन दशकमा पहिलो पटक गरेको छ ।
वर्षौंदेखि लगभग ७० मिलियन मानिसहरू वा इजिप्टको जनसंख्याको ६० प्रतिशत आफ्नो पेट भर्नको लागि लामो समयदेखि चलिरहेको रोटी अनुदान योजनामा निर्भर छन् । मूल्यवृद्धि अघि सरकारको प्रत्येक रोटीको उत्पादन लागत १.२५ पाउण्ड थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*