संसद भवन निर्माण कार्यमा ढिलासुस्ती भएकोमा सभामुख घिमिरेको असन्तुष्टि

संवाददाता
४ श्रावण २०८१, शुक्रबार १४:५४

४ श्रावण, काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संघीय संसद भवन निर्माण कार्यमा ढिलासुस्ती भएकोमा असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
शुक्रवार सिंहदरबारमा उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह र सम्बन्धित निकायसँगको छलफलमा उहाँले सो असन्तुष्टि व्यक्त गर्नुभएको हो । सभामुख घिमिरेले सो भवनको निर्माणका कार्य आगामी मंसीर भित्र सम्पन्न गर्ने लक्ष्य लिएपछि सो अनुसारको काम नभएको भन्दै आपत्ति जनाउनु भयो । उहाँले सो भवनको निर्माण कार्य छिटो र गुणस्तरीय ढंगले सम्पन्न गर्न पनि मातहतका निकायलाई सचेत गराउनु भयो । सो भवनमा अत्याधुनिक प्रविधिको प्रयोग गर्ने कुरामा भने कुनै कन्जुस्याई नगर्न पनि सभामुख घिमिरेले सम्बन्धित पक्षलाई आग्रह गर्नुभयो । त्यसका लागि कुनै समस्या भए शहरी विकास मन्त्रालयले हेर्ने र त्यसमा आफूहरुले पनि आवश्यक सहयोग गर्ने सभामुख घिमिरेको भनाई थियो ।
सभामुख घिमिरेले सो भवन निर्माणका लागि आवश्यक जनशक्ति परिचालन गर्न पनि सम्बन्धित निकायलाई ध्यान दिन आग्रह गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*