एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने २ सय ५७ जना विद्यार्थी सम्मानित
४ श्रावण, हेटौँडा । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई निजि तथा आवासिय विद्यालय अर्गानाईजेसन (प्याब्सन), मकवानपुरले सम्मान गरेको छ ।
मकवानपुरमा रहेका प्याब्सनमा आबद्ध विद्यालयहरुबाट एसईई २०८० मा उत्कृष्ट ३.६ जीपीए भन्दा माथि नतिजा ल्याएर उत्तीर्ण विद्यार्थीलाई सम्मान गरिएको हो । हेटौडा उपमहानगरपालिकाकी प्रमुख मिनाकुमारी लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । एसईई परीक्षा २०८० मा ४ जीपीए ल्याएर जिल्ला प्रथम हुनुभएकी बालजागृती इग्लिंस स्कुलकी छात्रा रितिका छत्कुली, ३.९५ जीपीए ल्याउने हरि चन्द्र मुखिया सहित सहित २ सय ५७ जना विद्यार्थीलाई प्याब्सनले सम्मान गरेको हो ।
प्याब्सन मकवानपुरका अध्यक्ष विनोद सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय परिक्षा बोर्ड हेटौंडाका प्रमुख कृष्ण प्रसाद घिमिरे, शिक्षा विकास समन्वय प्रमुख दिनानाथ गौतम, प्याब्सन मकवानपुरका वरिष्ठ सल्लाहकार मदन कुमार दाहाल, हेटौंडा क्याम्पसका प्रमुख देविराम लामा लगायतको आतिथ्यता रहेको थियो । यस वर्षको एसईईमा मकवानपुरमा १ सय ३८ वटा विद्यालयका ५ हजार ९ सय १९ विद्यार्थी सहभागी भएकोमा २ हजार ९८ जना उत्तीर्ण भएका थिए ।














