३३ औं गृष्मकालिन ओलम्पिकमा सहभागी हुने नेपाली टोलीलाई राष्ट्रपतिबाट बिदाई

संवाददाता
४ श्रावण २०८१, शुक्रबार १८:१३

४ श्रावण, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुद राष्ट्रलाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान गराउन उपयुक्त माध्यम रहेको बताउनुभएको छ ।
फ्रान्सको पेरिस शहरमा हुने ३३ औं गृष्मकालिन ओलम्पिकमा सहभागी हुने नेपाली टोलीको बिदाई कार्यक्रममा राष्ट्रपति पौडेलले खेलाडीहरुलाई उच्च मनोबल लिएर ओलम्पिकमा जान आग्रह गर्नुभयो । उहाँले विश्वमाझ नेपालको नाम राख्ने अवसरको रूपमा खेलाडीले प्रतिष्पर्धा गर्ने विश्वास समेत व्यक्त गर्नुभयो । राष्ट्रपति पौडलले दृढ संकल्प र अठोटका साथ नेपाली खेलाडीले प्रतिष्पर्धा गर्नेमा आफू आशावादी रहेको बताउनुभयो ।
कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल र नेपालीको शीर उच्च राख्ने उद्देश्यसहित नेपाली टोलीको भावनाअनुरूप खेल्न शुभकामना दिनुभयो । देशमा राखेको रेकर्ड समेत ध्यानमा राखेर खेलाडीहरुले खेल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
सो अवसरमा राष्ट्रपति पौडेलले पेरिस ओलम्पिकका लागि नेपाली टोलीका सेभ दी मिसन समेत रहनुभएका राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल घिसिङलाई झण्डा हस्तान्तरण गर्दै बिदाई गर्नुभयो । आगामी जुलाई २२ देखि अगस्ट ११ सम्म पेरिस शहरमा ओलम्पिक हुँदैछ । सोही ओलम्पिकमा नेपालको तर्फबाट ६ खेलका सात खेलाडीले प्रतिष्पर्धा गर्दैछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*