बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्रीद्वारा पद तथा गोपनियताको शपथ ग्रहण
९ श्रावण, हेटौँडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुर सिं लामा तामाङले पद तथा गोपनीयताको सपथ लिनु भएको छ ।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले एक समरोहबीच मुख्यमन्त्री लामालाई पद तथा गोपनियताको सपथ गराउनु भएको हो । मुख्यमन्त्री लामाले आजै मन्त्रिपरिषद् पनि बिस्तार गर्नुभएको छ । एमालेका ६ र कांग्रेसका ३ जना मन्त्रीलाई लिएर मन्त्रिमण्डल बिस्तार गर्नुभएको हो ।

काँग्रेसका सबै मन्त्रीको नाम टुंगो नलागेको कारण ३ जनालाई पछि जिम्मेवारी तोकिने गरी मन्त्री नियुक्त गरिएको हो । कांग्रेसबाट कुन्दनराज काफ्ले, श्याम खड्का र मधुकुमार श्रेष्ठले विना विभागिय मन्त्रीका रुपमा शपथ लिनुभएको छ ।

एमालेबाट भौतिक पूर्वाधार विकासमन्त्री अमन मास्के, कृषि तथा पशुपन्छीमन्त्रीमा प्रकाश श्रेष्ठ, स्वास्थ्यमन्त्री किरण थापा, वन तथा वातावरण मन्त्री कृष्ण सिलवाल, उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री सुकमाया तामाङ र श्रम रोजगार तथा यातायातमन्त्री प्रेम भक्त महर्जनले सपथ लिनुभएको छ । उहाँहरु सबैलाई प्रदेश प्रमुख शर्माले शपथ गराउनु भएको थियो ।














