बागमतीका मुख्यमन्त्री बहादुरसिं लामाले मंगलबार विश्वासको मत लिने
उहाँले प्रदेशसभा सचिवालयलाई नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत लिनका लागि सदन आह्वान गरिदिन आग्रह गर्नुभएको हो । त्यसैबमोजिम सभामुख भुवनकुमार पाठकले साउन १५ गते मंगलबार दिउँसो ३ बजेका लागि बैठक आह्वान गर्नुभएको हो ।
नेपाली कांग्रेसको ३७ र एमालेको २७ सांसद्को समर्थनमा मुख्यमन्त्री बन्नुभएका लामाले शनिबार मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको हो ।














