बागमतीका मुख्यमन्त्री लामाको प्रमुख राजनीतिक सल्लाहकारमा नुवोकाटका शाह नियुक्त
१३ श्रावण, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाको प्रमुख राजनीतिक सल्लाहकारमा विनोद शाह नियुक्त भएका छन् ।
आइतबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले नुवाकोटका शाहलाई मुख्यमन्त्री लामाको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री सुरज चन्द्र लामिछानेले जानकारी दिनुभयो । नुवाकोटको तादी गाउँपालिका–२ का शाहलाई प्रदेश सुशासन ऐन २०७७ को दफा ३ को उपदफा ५ बमोजिम मुख्यमन्त्री लामाको प्रमुख राजनीतिक सल्लाहकार नियुक्त गर्ने निर्णय भएको मन्त्री लामिछानेले बताउनुभयो । शाहलाई प्रदेश सुशासन नियमावली २०७७ को नियम २ बमोजिम राजनीतिक सल्लाहकारको पारिश्रमिक र काम कर्तव्य र अधिकार स्वीकृत गर्ने निर्णय गरेको मन्त्री लामिछानेले बताउनुभयो ।
प्रमुख राजनीतिक सल्लाहकार शाह कांग्रेसका प्रवक्ता प्रकाशशरण महत जलस्रोत ऊर्जा तथा सिँचाइ मन्त्री हुँदास्वकीय सचिव रहेका थिए । शाहले करिब २ वर्ष जलस्रोत ऊर्जा तथा सिँचाइ मन्त्रालयमा रहेर काम गरेका थिए ।














