प्रेस स्वतन्त्रतामाथि कठोर बन्ने पक्षमा सरकार छैनः मन्त्री गुरुङ

संवाददाता
१४ श्रावण २०८१, सोमबार १५:४०

१४ श्रावण, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सरकार प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्ने पक्षमा नरहेको बताउनुभएको छ ।
सोमवार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रेस स्वतन्त्रतामाथि कठोर बन्ने पक्षमा सरकार नरहेको भन्दै सरकारले नियमन मात्रै गर्न खोजेको बताउनु भयो । उहाँले प्रेसको नियमन पनि मन्त्रालयका निकायबाट नभइ स्वायत्त छुट्टै निकाय बनाइने बताउनु भयो । उहाँले नियमन, स्वनियमन, संवद्र्धन, प्रवद्र्धन स्वायत्त निकायबाट हुनेगरी व्यवस्था मिलाउने बताउनु भयो ।
वर्तमान सरकार नियन्त्रिण लोकतन्त्र, नियन्त्रित प्रेस स्वतन्ताको पक्षमा नरहेको पनि स्पष्ट पार्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*