टिआरसीमा भएको सहमतिउल्टिने काम नहोस्ः महासचिव गुरुङ

संवाददाता
१८ श्रावण २०८१, शुक्रबार १७:५०

१८ श्रावण, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयक (टिआरसी) मा दलहरुका बीचमा भएको सहमतीबाट पछाडी फर्किनु नहुने बताउनुभएको छ ।
महासचिव गुरुङले विगतमा पनि पटक–पटक टिआरसीको अन्तरवस्तुमा सहमती भएपनि उल्टिने गरेको भन्दै यसपटक सहमतीबाट पछाडी फर्किनु नहुने बताउनुभएको हो । उहाँले विगतमा सहमती कार्यान्वयनको प्रक्रियामा जाँदा विभिन्न विषयहरु उठाएर अवरोध भएको भन्दै अब भने प्रक्रिया अगाडी बढ्नेमा आफूहरु आशावादी रहेको उल्लेख गर्नुभयो । उहाँले सहमती कार्यान्वयन गर्नका लागि दलहरुलाई आग्रह समेत गर्नुभयो । महासचिव गुरुङले टिआरसीको विषय टुंग्याउन निकै विलम्व भइसकेको भन्दै यस विषयलाई केवल राजनीति गर्ने भाँडो नबनाउन पनि आग्रह गर्नुभयो ।
महासचिव गुरुङले माओवादी केन्द्र सहमती कार्यान्वयन गर्न प्रतिवद्ध रहेको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*