सामुदायिक वन उपभोक्ता महासंघले मनायो सामुदायिक वन दिवस

संवाददाता
२५ श्रावण २०८१, शुक्रबार १७:४४

२५ श्रावण, हेटौँडा । सामुदायिक वन दिवस २०८१ को अवसरमा सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरले विचार गोष्ठीको आयोजना गरेको छ ।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलानको प्रमुख आतिथ्यतामा विचार गोष्ठि तथा प्रशंसापत्र वितरण कार्यक्रम गरिएको हो । विचार गोष्ठिमा सहभागिले सामुदायिक वनको योगदान, प्रभावकारिता, यसका चूनौति, सामूदायिक वनले आर्थिक सामाजिक क्षेत्रमा पुराउन सक्ने योगदान लगायतका बारेमा धारणा राखेका थिए । कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघका गतिविधिलाई समाचारका माध्यमबाट आम जनमानसमा पुराउन खेलेको भूमिकाप्रति सम्मान गर्दै पत्रकार सुरेश श्रेष्ठ र भीमसेन पौडेललाई प्रशंसापत्र द्धारा सम्मानित गरिएको थियो ।


त्यस्तै रानी सामुदायिक वन, चुच्चेखोला सामुदायिक वन, पिप्ले पोखरा सामुदायिक वन, चनौटा सामुदायिक वन, चित्रेपानी सामसदायिक वनलाई प्रशंसापत्र प्रदान गरिएको थियो । उत्कृष्ट कार्य गर्ने स्थानीय सामुदायिक वन महासंघमा थाहा नगरपायिलकाको बुङदल सामुदायिक वन सम्मानित गरिएको छ । सो अवसरमा वन डढेलो सहजकर्ता बुद्धि प्रसाद पौडेललाई पनि सम्मान गरिएको थियो ।


सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौंलागाईको अध्यक्षतामा भएको कार्यक्रममा डिभिजन वन कार्यालय हेटौंडाका प्रमुख राकेश बहादुर चन्द्रवंशी, डिभिजन वन कार्यालय राप्ती मनहरी प्रमुख लोकराज नेपाल, बागमती प्रदेश हस्तकला महासंघका कमला सुवेदी लगायतको उपस्थिती रहेको थियो । यस वर्षको नारा सामुदायिक वनको प्रभावकारिता तिनै तहका सरकार र समुदायको सहभागिता रहेको छ । २०३० साउन २५ गते सिन्धुपाल्चोकको ठोकर्पामा रहेको वन समुदायलाई व्यवस्थापनका लागि दिइएको दिनलाई सामुदायिक वन दिवसका रुपमा मनाइँदै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*