शुभकामना आदानप्रदान सहित भित्तेपात्रो विमोचन

संवाददाता
३० चैत्र २०८२, सोमबार १७:१२

३० चैत्र, हेटौँडा । मकवानपुर उद्योग वाणिज्य संघले सोमबार शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न गरेको छ ।
संघका अध्यक्ष प्रमोद सिंह रानाभाटको अध्यक्षतामा कार्यक्रमभएको थियो । नया“ वर्ष २०८३ को पूवसन्ध्यामा आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका उपाध्यक्ष कृष्णकुमार गुप्ता, कोषाध्यष रुद्र बहादुर के.सी., मकवानपुर अटो मेकानिक एण्ड ईन्जिनियरिङ एशोसिएशनका अध्यक्ष आनन्दराम पौडेल, संघका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा उपस्थित अतिथि तथा संघका पदाधिकारीहरुले संयुक्त रुपमा वि.सं. २०८३ सालको भित्तेपात्रो विमोचन गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै संघका अध्यक्ष रानाभाटले सबैको सुख, शान्ति र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको थियो । कार्यक्रममा सहभागीहरुले नयाँ वर्षको अवसरमा शुभकामना व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*