मकवानपुरको राप्ती नदीमा ¥याफटिङका लागि गरिएको परीक्षण सफल

संवाददाता
२६ श्रावण २०८१, शनिबार १९:००

२६ श्रावण, हेटौँडा । मकवानपुरको राप्ती नदीमा जलयात्रा आर्थात् ¥याफटिङका लागि गरिएको परीक्षण सफल भएको छ ।
नेचर स्पोर्टस एन्ड एडभेन्चर्स प्रा.लिले मकवानपुरको राप्तीखोलादेखि मनहरी गाउँपालिकाको रजैया –ज्यामिरेसम्म गरेको ¥याफ्टिङ परीक्षण सफल भएको हो । मनहरी गाउँपालिका प्रमुख रन्जन कालाखेती सहित मकवानपुरका सञ्चारकर्मीले परीक्षण जलयात्रामा सहभागिता जनाएका थिए । मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले राप्ती नदीमा ¥याफ्टिङ लाई व्यवसायीकरण गर्न सके आन्तरिक तथा बाह्य पर्यटक मनहरी भित्राउन मद्दत पुग्नुका साथै आर्थिक समृद्धि समेत हुने विश्वास व्यक्त गर्नुभयो । मनहरीको विकासका लागि पर्यटनलाई पनि महत्वपूर्ण स्थान दिने उहाँले बताउनुभयो ।


राप्ती नदीको पानीको वहाव, सुरक्षा, मनोरञ्जन लगायतले यहाँ ¥याफ्टिङको राम्रो सम्भावना रहेको नेचर स्पोर्ट एन्ड एडभेन्चर्स प्रा.लिले जनाएको छ । नेचर स्पोर्टले अब छिट्टै नियमित ¥याफ्टिङ सञ्चालन गर्ने तयारी समेत गरेको छ ।
हेटौंडाको राप्तीपुलदेखि देखि मनहरी ज्यामिरेसम्म ३ घण्टा ¥याफ्टिङ गरेबापत ९ सय शुल्क लाग्ने नेचर स्पोर्टले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*