नेपालमा सुशासनको अभाव छः सञ्चारमन्त्री गुरुङ
३२ श्रावण, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा सुशासनको अभाव रहेको बताउनुभएको छ ।
काठमडौंमा शुक्रवार राष्ट्रिय समाचार समितिको रासस मिडिया संग्रहालय शुभारम्भ गर्दै मन्त्री गुरुङले नेपालीहरुले भोगिरहेको सबैभन्दा ठूलो समस्या सुशासन रहेको बताउनु भाये । सरकार नागरिकप्रति उत्तरदायी हुन नसकेको बताउनु भयो । उहाँले जम्मा बजेटको ३० प्रतिशत विकास बजेट छुट्याएपनि १५ प्रतिशत मात्रै खर्च हुने कुराले देश बन्न नसक्ने बताउनु भयो । उहाँले सुशासनको अभावका कारण ठिक ढंगले काम नसक्दा भ्रष्टाचार बढिरहेको बताउनु भयो । भ्रष्टाचार नियन्त्रण गर्ने दायित्व सरकारको भएको उहाँको भनाई छ । मन्त्री गुरुङले भ्रष्टाचार भइरहने, विचौलियाको बिगबिगी भइरहने, जनताको आशा र अपेक्षाप्रति उत्तरदायी हुन नसक्ने परिस्थिति अन्त्य गर्न जरुरी रहेको बताउनुभयो ।
सञ्चारमन्त्री गुरुङले सरकारको विपक्षमा बस्ने काम मिडियाको नभएको बताउनु भयो । नराम्रो काम गरेको ठाउँमा निर्मम हुने र राम्रो कामको पक्षमा वकालत गर्नुपर्ने बताउनु भयो ।














