उपचारको क्रममा बालकको मृत्यु भएपछि मकवानपुर सहकारी अस्पतालमा तनावको स्थिति
२ भाद्र, हेटौँडा । उपचारका क्रममा एक बालकको मृत्यु भएपछि हेटौंडा उपमहानगरपालिका २ स्थित मकवानपुर सहकारी अस्पतालमा तनावको स्थिती श्रृजना भएको छ ।
मुखमा घाउ आउने, ज्वरो आउने समस्याले तीन दिन अगाडी अस्पताल भर्ना भएका हेटौंडा १६ का एक वर्षीय अस्मित श्रेष्ठको मृत्यु भएपछि तनावको स्थिती श्रृजना भएको हो । डाक्टरको लापरवाहीका कारण बालकको मृत्यु भएको भन्दै मृतकका परिवार आक्रोशित बनेका हुन् । बालकको अवस्था गम्भिर बनेपछि आइतबार बिहान वार्डबाट आइसियुमा राखिएको थियो ।

उपचारका क्रममा उचित रेखदेख नभएको कारण बालकको मृत्यु भएको अभिभावकको आरोप छ । अस्पतालमा परिसरमा अहिले प्रहरीको बाक्लो उपस्थिती रहेको छ ।














