साफ यू–२० च्याम्पियनसिपमा नेपालको बिजयी सुरुवात

संवाददाता
२ भाद्र २०८१, आईतवार १८:५१

२ भाद्र, काठमाडौँ । घरेलु टोली नेपालले आइतबार देखि सुरु साफ यू–२० च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ ।
निराजन धामीको गोल मद्धतमा नेपालले श्रीलंकालाई १–० ले पराजित गरेको हो । नेपालले खेफमा गोल गर्ने अन्य राम्रा अवसर हरु बनाएपनि सदुपयोग गर्न सकेन । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा निराजन धामीले २४ औ मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । त्यसअघि नेपालका समिर तामाङले गोल गर्ने राम्रो अवसर गुमाएका थिए । दोस्रो हाफमा नेपालले गोल गर्ने राम्रो अवसर गुमाएको थियो । नेपालले आफ्नो समूहको दोस्रो तथा अन्तिम खेल २२ अगष्टमा बंगलादेशसँग खेल्नेछ । त्यसअघि बंगलादेश र श्रीलंकाबीच खेल हुनेछ । श्रीलंका बंगलादेशसँग पराजित भएमा नेपाल एक खेल अघि नै सेमिफाइनल पुग्नेछ ।
च्याम्पियनसिपमा पाकिस्तान बाहेक दक्षिण एसियाको ६ टोली सहभागित छन् । ६ टोलीलाई दुई समूहमा विभाजन गरेर खेलाईएको छ र दुवै समूहको शीर्ष दुई टोली सेमिफाईनल पुग्नेछन् । च्याम्पियनसिपमा आइतबार समूह बी मा रहेको भारत र भुटानबीच खेल हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*