सिस्नुपानी नेपाल मकवानपुरको आयोजनामा हास्य व्यङ्ग्यात्मक गाईजात्रा कार्यक्रम सम्पन्न
३ भाद्र, हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ को प्रबर्धन तथा सिस्नुपानी नेपाल मकवानपुरको आयोजनामा हास्य व्यङ्ग्यात्मक गाईजात्रा कार्यक्रम भएको छ ।
सिस्नुपानीले ओम्याक्स सिनेमा हलमा गाईजात्रा विशेष कार्यक्रम गरेक हो । कार्यक्रममा आरसी रिजाल, मनोज पोखरेल, डिबी बर्तौला, सागर तिमल्सिना, रजनी तिमल्सिना, पुरुषोत्तम आचार्य, गहन खतिवडा, विशेष अधिकारी लगायतका कलाकारहरुले समसमायिक राजनीतिक विषयमा ब्यग्यात्मक मनोरञ्जनात्मक प्रस्तुति दिएका थिए ।
कार्यक्रममा मनोरञ्जनात्मक क्यारिकेचर, प्यारोडि गायन, सामाजिक मुद्धामाथि प्रहसन नाटकीय प्रस्तुति, पेचिलो हास्यव्यङ्ग्यात्मक अन्तर्वाता, कविता र हास्यव्यङ्ग्ययुक्त बजेट भाषण लगायतका प्रस्तुति थिए । हास्य व्यङ्ग्यात्मक हेर्न ओम्याक्स सिनेमा हलमा दर्शक खचाखच थिए ।














