मन्त्री र मुख्यसचिवसंग मुख्यमन्त्रीको कार्यसम्पादन करार सम्झौता
५ भाद्र, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले सरकारको कामलाई प्रभावकारी र नतीजामुखी बनाउन प्रदेशका ११ जना मन्त्री र मुख्यसचिबसंग बिहीबार कार्यसम्पादन करार सम्झौता गर्नुभएको छ ।
प्रदेश शुसासन ऐनको दफा १९ बमोजिम शुशासन कायम गर्न, सरकारका काम कारबाही प्रभावकारी बनाउन र नागरिक मैत्री शासन ब्यबस्था स्थापित गर्न कार्य सम्पादन करार सम्झौता गरिएको हो । मुख्यमन्त्री लामासंग कार्य सम्पादन करार सम्झौता गरेका मन्त्रीहरुले बिभागीय सचिबसंग कार्यसम्पादन सम्झौता करार गर्नेछन् । आर्थिक वर्ष २०८१÷८२ को वार्षिक स्विकृत कार्यक्रमलाई प्रभावकारी बनाई समयमै काम सम्पन्न गर्न करार सम्झौता उपयोगी हुने मुख्यमन्त्री लामाले बताउनुभयो । सरकारले गरेको काम जनताले देखिने बुझीने र सुनिने गरी हुनुपर्ने भन्दै सम्झौता कार्यान्वयन गर्न उहाँले मन्त्री र मुख्यसचिबलाई निर्देशन दिनुभयो ।

स्वास्थ्य अवस्थाको कारण युवा तथा खेलकुद मीनकृष्ण महर्जन अनुपस्थित हुँदा उहाँसंग पछि करार सम्झौता गरिने भएको छ । कार्यसम्पादन करार सम्झौता प्रत्येक आर्थिक वर्षमा हुँदै आएको छ ।














