हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको आय–व्यय सार्वजनिक

संवाददाता
११ भाद्र २०८१, मंगलवार १६:२७

११ भाद्र, हेटौँडा । संघीय सरकार मातहतमा रहेको हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले आर्थिक वर्ष २०८१÷८२ को अनुमानित आय–व्यय सार्वजनिक गरेको छ ।
मंगलबार बोर्डको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दे बोर्डका निमित्त कार्यकारी निर्देशक विष्णु प्रसाद सापकोटाले गत आर्थिक वर्षको प्रगति विवरणका साथै चालू आर्थिक वर्षका नीति कार्यक्रम तथा बजेट सार्वजनिक गर्नुभएको हो । बोर्डले यस आर्थिक वर्षका लागि २० करोड ९५ लाखको आय अनुमान गरेको छ ।
बजेट अनुसार, पूँजीगत तर्फ ५० दशमलव २० प्रतिशत, कार्यालय सञ्चालन तर्फ २७ दशमलव ५२ प्रतिशत र सेवा सञ्चालन खर्च तर्फ २२ दशमलव २७ प्रतिशत बजेट विनियोजन गरिएको छ । गत आर्थिक वर्षमा बोर्डले १९ करोड १६ लाख आम्दानी गरेको कार्यकारी निर्देशक सापकोटाले बताउनुभयो । पानीको महशुल, जरिवाना, नयाँ धारा जडान, थप पाइप तथा फिटिङ, मिटर जडान मर्मत, नामसारी, निबेदन तथा अन्य दस्तुर र बैंक व्याज गरी वार्षिक कुल लक्ष्यको तुलनामा आन्तरिक आयतर्फ लक्ष्यको तुलनामा गत आवमा १ सय २ दशमलव ७५ प्रतिशत आन्तरिक आम्दानी भएको उहाँले बताउनुभयो ।
बोर्डले बाह्य आम्दानीतर्फ हेटौंडा उपमहानगर र मकवानपुरगढी गाउँपालिकासँगको सहयकार्यअन्तर्गत १ करोड ७९ लाख ९४ हजार रुपैयाँ प्राप्त गरेको बोर्डले जनाएको छ । गत आथिर्क वर्षमा १७ करोड ६८ लाख खर्च भएको विवरणमा उल्ल्ेख छ । बोर्डको बैंक मौज्दात २ करोड ३१ लाख रुपैयाँ रहेको छ । बोर्डले हाल हेटौंडा उपमहानरपालिकाको वडा नम्बर २, ४, ५, ६, ७, ८, ९, १० र १४ को पूरै भू–भाग, वडा नंं १, ३ र १७ को केही भ–ूभाग र वडा नंं. १५, १६, १८ र १९ को ७०% प्रतिशत भ–ूभागमा बसोबास गर्ने १ लाख ६० हजार नगरबासीलाई दैनिक सरदर ७ देखि ८ घण्टा ३ करोड ५७ लाख लिटर खानेपानी उत्पादन गरी २७ हजार ७ सय २१ वटा धारामार्फत वितरण गर्दै आएको छ ।


हेटौंडाको मुख्य नगरक्षेत्र भित्र भने बोर्डले २४ सैं घण्टा पानी वितरण गरिरहेको छ । वडा नं. ११, १२ र १३ मा भने उपभोक्ता समितिहरुबाट खानेपानीको सेवा प्रवाह हुँदै आएको छ । हेटौंडामा दैनिक ३ करोड ४० लाख लिटर पानीको माग छ । बोर्डमा हालसम्म १६ वटा उपभोक्ता समिति हस्तान्तरण भई सेवाक्षेत्र विस्तार गर्दा ११ हजार धारा संख्यामा बृद्धि भएको बोर्डका अध्यक्ष प्रताप बिष्टले बताउनुभयो ।
नगरबासीलाई राहत दिने उद्देश्यले उपमहानगरपालिकाले न्यूनतम खानेपानी महशुलमा १० हजार लिटरसम्म खपतमा छुटको व्यवस्था गरेसँगै खानेपानी बोर्डमा उपभोक्ता समिति हस्तान्तरण हुनेक्रम बढेको हो । बोर्डले गत आर्थिक वर्षमा हेटौंडा–८ मैदाटोल र मकवानपुरगढी गाउपालिका–४ स्थित सामरीमा समवेल निर्माण गरी प्रति दिन ७५ लाख लिटर पािन उत्पादन गरि वितरण गरेको छ । हेटौंडा १६ शक्तिखोलाबाट पानी ल्याएर चिसापानीमा पानी भण्डारण ट्याङकी निर्माण गरेर हेटौंडा बजारका साथै वडा नंं १५, १६, १७ र १८ सम्म वितरण गर्नेगरी कार्य भैरहेकोे अध्यक्ष बिष्टले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*