सरकार संख्याको उन्माद र शक्तिको दुरुपयोगतिर अग्रसरः अध्यक्ष दाहाल

संवाददाता
११ भाद्र २०८१, मंगलवार १६:४४

११ भाद्र, काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार संख्याको उन्माद र शक्तिको दुरुपयोगतिर अग्रसर रहेको आरोप लगाउनुभएको छ ।
करिव दुई महिनाको सरकारको कार्यकालले आफूलाई सरकार अहंकारपूर्ण गलत बाटोमा अग्रसर भएको निष्कर्षमा पु¥याएको अध्यक्ष दाहालको भनाई थियो । मंगलवार प्रतिनिधि सभा बैठकमा समय लिएर बोल्दै उहाँले सरकार माफियाहरुको सेवामा अग्रसर रहेको गम्भिर आरोप समेत लगाउनु भयो । सरकार जनताभन्दा स्वार्थ समूहरुको अझ माफियाहरुको सेवामा अग्रसर भएकाले आफूले त्यसको खबरदारीका लागि संसदमा सम्बोधन गर्नुपरेको पनि अध्यक्ष दाहालको जिकिर थियो ।
अध्यक्ष दाहालले साना दलहरुलाई सिध्याउने कोशिस गरिरहेको आरोप पनि लगाउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*