इजिप्टका राष्ट्रपतिद्वारा क्षेत्रीय युद्धको चेतावनी
१२ भाद्र, एजेन्सी । इजिप्टका राष्ट्रपति अब्देल फताह एल–सिसीले मध्यपूर्वमा हालको बढ्दो तनावले यस क्षेत्रलाई सम्भावित क्षेत्रीय युद्धको जोखिममा पारेको बताउनुभएको छ ।
सिसीले बुल्गेरियाका राष्ट्रपति रुमेन राडेभसँगको टेलिफोन वार्ताको क्रममा उक्त टिप्पणी गर्नुभएको हो । टेलिफोन वार्ताका क्रममा दुई नेताबीच मध्यपूर्व र गाजा पट्टीको अवस्थाबारे छलफल भएको छ ।
सिसीले गाजामा युद्धविराममा पुग्न र मानवीय सहायता प्रदान गर्न इजिप्टको प्रयाससँग सम्बन्धित पछिल्लो घटनाक्रमको समीक्षा गर्नुभयो । प्यालेस्टिनी जनताले सामना गर्ने त्रासदीलाई तुरुन्तै अन्त्य गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
उहाँले प्यालेस्टिनी राज्यको अन्तर्राष्ट्रिय मान्यतामा क्षेत्रीय शान्ति र दुई राज्य समाधानलाई समर्थन गर्ने तरिकामा अन्तर्राष्ट्रिय समुदायले निर्णायक भुमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
आफ्नो पक्षमा बुल्गेरियाका राष्ट्रपतिले इजिप्टले यस क्षेत्रको अवस्था शान्त पार्ने प्रयासको प्रशंसा गर्नुभयो । यस क्षेत्रको सुरक्षा र शान्ति पुनःस्थापनामा योगदान पु¥याउने उद्देश्यले सिसीसँग समन्वय र परामर्श जारी राख्ने इच्छा व्यक्त गर्नुभयो ।














