खुल्ला घैटो फुटाई प्रतियोगिताको उपाधि आग्रा स्पोर्टस टिमले जित्यो

संवाददाता
१२ भाद्र २०८१, बुधबार १९:१७

१२ भाद्र, हेटौँडा । कृष्णजात्राको अवसरमा मकवानपुरको थाहा नगरपालिका, शिखरकोटमा आयोजित खुल्ला घैटो फुटाई प्रतियोगिताको उपाधि आग्रा स्पोर्टस टिमले जितेको छ ।
भाद्र ११ गते आयोजित प्रतियोगितामा आग्रा स्पोर्टसले प्रथम भएसंगै नगद २० हजार रपैयाँ पुरस्कार पाएको छ । प्रतियोगितामा दोस्रो स्थान हासिल गर्दै सुनाखरी युवा क्लव थाहा –५ ले नगद १३ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्दा कैलाशको टिमले तृतीय स्थान हासिल गदै नगद ७ हजार रुपैयाँ जितेको छ । प्रतियोगिताका बिजेता टिमलाई थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्ट, प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी र प्रथम पुरस्कारका प्रायोजक साझा रोडा ढुंगा उद्योगका प्रोपाइटर रामराजा केसीले पुरस्कार प्रदान गरेका थिए ।
थाहा नगरपालिकासहित विभिन्न ८ वटा संस्थाको आयोजनामा प्रतियोगिता भएको हो । थाहामा प्रत्येक वर्ष कृष्णाष्टमीको भेलिपल्ट घैँटो फुटाउने प्रतियोगिता हुँदै आएको छ । प्रतियोगितामा पहिलो पुरस्कारको प्रायोजन युवा उद्यमी रामराजा केसी, द्वितीय पुरस्कार निकेशराज ढकाल र तृतीय पुरस्कार मुकेश मिश्रले गर्नु भएका थिए ।
कृष्णजात्राको अवसरमा घैटो फुटाउने प्रतियोगितासँगै लिटिल राधाकृष्ण प्रतियोगिता, लाइभ लोकदोहोरी, तामाङ समुदायको ढ्याङ्ग्रो नाच प्रदर्शनी, महिलाद्धारा पञ्चेबाजा तथा बासुरी बजाउनुका साथै खाना महोत्सव समेत आयोजना गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*