नगर स्तरीय जेसीज कप ब्याडमिन्टन प्रतियोगितामा थाहामा सुरु

संवाददाता
१३ भाद्र २०८१, बिहीबार २१:१९

१३ भाद्र, हेटौँडा । पालुङ जेसीजको मुख्य आयोजना तथा थाहा नगरपालिका वडा न ३ को सहकार्यमा थाहा नगर स्तरीय जेसीज कप डबल मेन्स ब्याडमिन्टन कप प्रतियोगिता बिहिबार देखि सुरु भएको छ ।
थाहा ४ क्याम्पा डाडामा रहेको ब्याडमिन्टन कभर्डहलमा थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टले प्रतियोगिताको उद्घाटन गरेका छन् । प्रतियोगितामा १३ वटा टिमले सहभागीता जनाएको छ । प्रतियोगितामा प्रथम, दोस्रो हुनेले क्रमशः नगद १० हजार र ७ हजार रुपैयाँ सहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन भने बिधागततर्फ उत्कृष्ट हुने खेलाडिहरुलाई पनि नगद २५ सय रुपैयाँ सहित मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।


प्रतियोगिताको लागि फरक सोच र थाहा नगर ब्याडमिन्टन संघले समन्वय गरेको छ । पालुङ जेसीजका अध्यक्ष निरज रायमाझीको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली, वडा न ३ का अध्यक्ष हिरेन्द्र रायमाझी, थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी,पालुङ जेसीजका संस्थापक अध्यक्ष पुरुषोत्तम ढकाल, पालुङ जेसीजका पुर्व अध्यक्षहरु, जेसीजका पदाधिकारी लगायतका उपस्तिथि रहेको थियो ।
प्रतियोगिताको अफिसियल मिडियाको रुपमा टिम टेलिभिजनले सहकार्य गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*