हेटौंडा बचतको तीज विशेष कार्यक्रम सम्पन्न
१५ भाद्र, हेटौँडा । हेटौंडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले व्यक्तित्व विकासमा सहकारी विषयक अन्तरक्रिया तथा तीज विशेष कार्यक्रम आयोजना गरेको छ ।
संस्थाका कार्यवाहक अध्यक्ष बिजय बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा शनिबार संस्थाको मुख्य कार्यालय हेटौंडा ७ नागस्वतीमा कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा बत्ती कात्ने प्रतियोगिता, मौलिक नृत्य र गायन प्रतियोगिता समेत आयोजना गरिएको थियो ।
संस्थामा आबद्ध महिला शेयर सदस्यहरु सहभागी भएको बत्ति कात्ने प्रतियोगितामा हेटौडा ७ की मनिषा घिमिरे प्रथम, हेटौंडा ७ कै लक्ष्मी गौतम दोस्रो र हेटौंडा ८ का लक्ष्मी दाहाल र विष्णु बस्नेत तेस्रो हुन सफल भए ।
त्यस्तै नृत्य प्रतियोगितामा मनाकुमारी पन्त र गायनमा लक्ष्मी कुमारी दाहाल, रमा दाहाल, पार्वती दाहाल र श्रृजना बस्नेतको टोली उत्कृष्ट हुन सफल भए । खुल्ला रुपमा राम्रो नृत्य गर्ने उर्मीला सुवेदी र कुसुम रिजाललाई पनि नगदद्धारा पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा व्यक्तित्व विकासमा सहकारी विषयक अन्तरक्रिया समेत भएको थियो । सहकारुमिा आबद्ध भएपछि आत्मविश्वास थप बढेको सहभागिले बताएका थिए । महिला उपसमिति संयोजक उर्मीला चौलागाईको सभाध्यक्षतामा भएको कार्यक्रममा संस्थाका व्यवस्थापक रामशरण गौतम, कोषाध्यक्ष पार्वती भट्ट, सचिव युवराज गौतम लगायतले शुभकामना राख्नुभएको थियो ।














