जनभोजनालयले टिष्टुङका ६ सहित सात विद्यालयलाई निःशुल्क दिवा खाजा खुवाउने

संवाददाता
१८ भाद्र २०८१, मंगलवार १३:३३

१७ भाद्र, हेटौँडा । प्रेम सागर फाउण्डेसन नेपालद्धारा सञ्चालित जनभोजन कार्यक्रमले मकवानपुरको थाहा नगरपालिकाको ६ वटा र धादिङको एउटा विद्यालयमा दिवा खाजा कार्यक्रम थप गरेको छ ।
यसअघि धादिङ र मकवानपुरका १० वटा विद्यालयमा सञ्चालन गर्दै आएको दिवा खाजा कार्यक्रम भाद्र १६ गतेबाट थप ७ वटा विद्यालयका करिब २ सय ८७ विद्यार्थीहरुलाई निःशुल्क खाजा कार्यक्रम सुरुवात गरिएको जनभोजन कार्यक्रमका ललित कुवँरले जानकारी दिनुभयो ।
प्रेम सागर फाउण्डेसन नेपालद्धारा सञ्चालित जनभोजन कार्यक्रम धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ५ तसर्पू, दामेचौरमा रहेको छ । दिवा खाजा कार्यक्रम थप भएका थाहा नगरपालिका वडा नम्बर ११ मा रहेको मनकामना आधारभूत विद्यालय, कालिदेवी आधारभूत विद्यालय, ठाडे आधारभूत विद्यालय, जनता आधारभूत विद्यालय र थाहा १२ मा रहेको नागदह आधारभूत विद्यालय, प्रभात आधारभूत विद्यालय र धादिङको थाक्रे ५ मा रहेको सुन्दरीदेवी आधारभूत विद्यालय रहेका छन् ।
त्यसैगरी फाउन्डेसनले विद्यालयहरुलाई विभिन्न किसिमका १० हजार भन्दा बढि विरुवाहरु समेत वितरण गरेको छ । प्रेम सागर फाउन्डेसन नेपालद्धारा सञ्चालित जनभोजन कार्यक्रमले धादिङ र मकवानपुरका विभिन्न १७ विद्यालयका २ हजार १ सय भन्दा बढी विद्यार्थीहरुलाई दिवा खाजा कार्यक्रम सञ्चालन गदै आएको जनभोजनका व्यवस्थापक भोला राउतले बताए । जनभोजन कार्यक्रममका लागी दैनिक खाना र खाजा व्यबस्थापन खर्च ५० हजार लाग्ने गरेको छ । वितग १६ वर्ष देखि जनभोजन कार्यक्रम सञ्चालन हुँदै आएको छ ।
मकवानपर प्रतिनिधि सभा क्षेत्र नम्बर २ का संघिय सांसद महेशकुमार बर्तौलाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा थाक्रे गाउँपालिका अध्यक्ष राम कुमार आचार्य, पूर्व उपाध्यक्ष अम्बिका रुपाखेती, जनभोजनका व्यवस्थापक भोला राउत लगायत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षकहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*