अहिलेको सरकारलाई आर्थिक हिसावले मुलुकलाई अघि बढाउनुपर्ने जिम्मेवारी छः मन्त्री खड्का
२१ भाद्र, काठमाडौँ । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले आर्थिक, सामाजिक र राजनीतिक रुपमा विश्वसनीय वातावरण सिर्जना भएको बताउनुभएको छ ।
शुक्रवारबाट काठमाडौंको भृकुटीमण्डमा शुरु भएको तेस्रो नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक अन्तर्राष्ट्रिय प्रदर्शनीको शुभारम्भ गर्दै मन्त्री खड्काले अहिले दुई ठूला राजनीतिक दलहरुको सरकार रहेको भन्दै नागरिकहरुले पनि विश्वासका साथ लिइरहेको बताउनु भयो । उहाँले अहिलेको सरकारलाई आर्थिक हिसावले मुलुकलाई अघि बढाउनुपर्ने जिम्मेवारी रहेको बताउनु भयो ।
वर्तमान सरकार स्थायी सरकार भएकाले ढुक्क भएर लगानी बढाउन पनि उहाँले निजी क्षेत्रलाई आग्रह गर्नुभयो । उहाँले मुलुकको लक्ष्य आगामी १० वर्षमा २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने र आन्तरिक खपत बढाउने रहेको बताउनुभयो । उहाँले सरकारको साही लक्ष्यअनुसार नै निजी क्षेत्रले साथ दिनुपर्ने उल्लेख गर्नुभयो ।
सरकारले विभिन्न नीति नियमहरुको परिमार्जन र संशोधन गरिरहेको उल्लेख गर्दै मन्त्री खड्काले आगामी दिनमा झनै सहज र सरल हुने प्रतिवद्धता जनाउनुभयो ।














