जिल्ला समन्वय समिति मकवानपुरको दशौं जिल्ला सभा सम्पन्न

संवाददाता
२५ भाद्र २०८१, मंगलवार १७:५३

२५ भाद्र, हेटौँडा । जिल्ला समन्वय समिति मकवानपुरको दशौं जिल्ला सभा सम्पन्न भएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाको प्रमुख आतिथ्यता तथा समन्वय समितिका प्रमुख ललित बहादुर घलानको सभाध्यक्षतामा सभा भएको हो । सभामा प्रमुख घलानले आर्थिक वर्ष २०८०÷८१ मा संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त बजेट मार्फत् सम्पादन गरेका प्रमुख कार्यहरुको बारेमा संक्षिप्त विवरण राख्नुभएको थियो ।
१४ बुद्धामा प्रस्तुत गरिएको कार्यविवरणमा स्थानीय तहहरुले सम्पादन गरेका योजना तथा कार्यक्रमको स्थलगत अनुगमन, विभिन्न जनचेतनामूलक कार्यक्रम, दहत्तर, बहत्तर (ढुंगा गिटी बालुवा) का विषयमा स्थानीय तहका प्रमुख उपप्रमुख, सहित प्रदेश सरकारका मन्त्रीसँगको अन्तरक्रियालाई समेटिएको छ ।
जिल्लाका स्थानीय तहको राजश्व संकलन कार्यलाई प्रभावकारी बनाउन राजश्व संकलन सम्बन्धि अध्ययन प्रतिवेदन तयार गरिएको प्रमुख घलानले जानकारी दिनुभयो । समन्वय समितिलाई सशक्त र क्रियाशिल बनाउँदै यसको मर्यादा र गरिमालाई थप उचाइमा लैजान मौजुदा संवैधानिक कानूनी र संरचनागत व्यवस्था अपर्याप्त रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा उपप्रमुख सानुकाजी लुईँटेलले चालू आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा प्रदेश सभा सदस्य एकालाल श्रेष्ठ स्थानीय तहका प्रमुख र उपप्रमुखहरु, विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, निमित्त प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठ, तीनै तहका सुरक्षा निकायका प्रमुख लगायतको आतिथ्यता थियो ।
सभाको बन्दसत्रले जिल्ला समन्वय समितिको नीति, कार्यक्रम तथा बजेट पनि पास गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*