‘थाहा’को गरीमा राख्नेगरी काम गर्न नगर प्रमुख विष्टको निर्देशन
भाद्र २६ थाहा । थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्ट आदर्शले पालिकाका उपलब्धि हरुलाई संस्थागत गर्दै काम गर्न निर्देशन दिनुभएको छ । नगर प्रमुख बिष्टले आर्थिक बर्ष २०८०÷८१ को वार्षिक समिक्षा कार्यक्रमको समापन गर्दै सो कुरा बताउनुभएको हो ।
बिष्टले पालिकाको योजना तर्जुमाका क्रममा मा कुनै गल्ती कमजोरी भएको भए तेसलाइ सुधारेर अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले रुपचन्द्र बिष्टको दर्शन थाहा बाट पालिकाको नामाकरण भएको हुँदा पालिका शुसासन र पारदर्शीमा सधै अग्रसर हुनुपर्नेमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले थाहाको गरीमा राख्ने गरी काम गर्न जनप्रतिनिधि र कर्मचारीलाई आग्रह गर्नुभयो ।
संघ्र प्रदेशले गर्ने अनुगमनका पाटालाइ कार्यान्वयन गर्दै आएको बताउदै जिल्लाकै अग्रणी पालिकाको रुपमा स्थापित गर्न जनप्रतिनिधि र कर्मचारी हरुको भुमिका नङ र मासुको जस्तो हुनुपर्ने उहाँको धारणा थियो । उहाँले पालिका र वडा बाट हुने सेवा प्रवाहमा थप निगरानी र जनमुखी हुनुपर्ने औल्याउँदै योजना तर्जुमा तथा कार्यान्वयनमा लाभान्वितहरुको माग र उपस्थिति लाई ख्याल गरेर अगाडि बढ्नु पर्ने बताउनुभयो ।
नगर प्रमुख बिष्टले पालिकामा प्रमुख प्रशासकिय अधिकृतको रुपमा कृष्ण गिरी आउनुभएपछी धेरै कुरामा परिवर्तन आएको बताउदै परिवर्तित उपलब्धिको संस्थागत गर्नु कर्मचारी र जनप्रतिनिधिको दायित्व भएको बताउनुभयो ।
नगरपालिकाले आर्थिक बर्ष २०८०र०८१ को प्रगती प्रतिवेदन समेत पारित गरेको छ। समिक्षा कार्यक्रममा नगर उपप्रमुख भरत गोपाली,प्रमुख प्रशासकिय अधिकृत कृष्ण गिरी,वडा अध्यक्षहरु,कार्यपालिका सदस्यहरु,शाखा प्रमुख हरुको उपस्थिति रहेको थियो।















