थाहा गोजुरियोका ६६ खेलाडीको कलर ग्रेडिङ सम्पन्न, ८ जना खेलाडीले ब्ल्याक बेल्ड बेल्ट

संवाददाता
२७ भाद्र २०८१, बिहीबार १९:०८

२७ भाद्र, हेटौँडा । थाहा नगरपालिका स्थित नेपाल गोजुरियो कराते दो संघ, दोजो थाहाको प्रशिक्षार्थीहरुको दोस्रो कलर र ब्ल्याक बेल्ट ग्रेडिङ सम्पन्न भएको छ ।
शाखा दोजो थाहामा भएको ग्रेडिङबाट ८ जना खेलाडिहरुको बेल्ट बढुवा भएर ब्ल्याक बेल्ड पाएका छ्न । ब्ल्याक बेल्ड पाउनेमा कृतिका थोकर, प्रमिला थोकर, सन्जिता गोले, सुस्मिता दोङ, सन्तोष गोपाली, शुसान्त दोङ, शन्तराम अधिकारी र सुमन घिमिरे रहेका छन् । २ जनाले ब्राउन बेल्ट, एक जनाले ब्लु बेल्ट पाएका छन् । त्यसैगरी १४ जनाले ग्रीन बेल्ट र ४२ जना एल्लो बेल्ट ग्रेडिङ भएको नेपाल गोजुरियो कराते दो संघका केन्द्रिय सदस्य तथा मकवानपुर जिल्ला प्रमुख प्रशिक्षक मान सिं दोङले जानकारी दिनुभयो ।
नेपाल गोजुरियो कराते दो संघका जिल्ला अध्यक्ष बिरु लामाको अध्यक्षता तथा नगर प्रमुख बिष्णु बिष्टको प्रमुख आतिथ्यतामा ग्रेडिङ कार्यक्रम भएको हो। ग्रेडिङ कार्यक्रममा खेलाडीहरुलाई शुभकामना दिदै नगर प्रमुख बिष्टले उच्च मनोबल र मेहनतको प्रतिफल पाएको बताउदै खेल प्रती लगाव राख्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको खेलाडी बन्न शुभकामना दिनुभयो ।
कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी,नेपाल गोजिरियो कराते दो संघका केन्द्रिय सचिव सानोबाबु गुरुङ,थाहा नगरपालिका शिक्षा तथा खेल शाखा प्रमुख माधव बिक्रम मल्ल,नगर खेलकुद विकास समितीका सदस्य यादव रायमाझी लगायतको उपस्थिति रहेको थियो। उक्त अवसरमा खेलाडिहरुले काँता, स्पायरिङ सहित डेमोस्ट्रेसन प्रस्तुत गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*