बागमती प्रदेशमा सवारी चालक प्रतिबद्धता अभियान सुभारम्भ
३ असोज, हेटौँडा । दुर्घटना न्यूनिकरणका लागि बागमती प्रदेशमा सवारी चालक प्रतिबद्धता अभियान सुभारम्भ गरिएको छ ।
चाडपर्वमा हुन सक्ने सम्भावित दुर्घटनाका जोखिमलाई मध्य नगर गर्दै बागमती प्रदेश प्रहरी कार्यालय मातहतका कार्यालले सवारी चालकसँग लिखित प्रतिबद्धता लिन थालेको हो ।
बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री सुरजचन्द्र लामिछानेको प्रमुख आतिथ्यतामा सार्वजनिक सवारीका चालकलाई प्रतिबद्धतापत्रमा हस्ताक्षर गराई कार्यक्रम सुरु गरिएको हो ।
यस अभियानमा सार्वजनिक सवारी, निजी सवारी, दुईपाङ्ग्रे सवारीका चालकहरुलाई ट्रफिक प्रहरीले लिखित प्रतिबद्धता गराएका छन् ।














