सशस्त्र प्रहरी टोलीद्वारा १४ किलो प्रतिबन्धित लागु औषध गाँजा बरामद

संवाददाता
४ आश्विन २०८१, शुक्रबार १५:५८

४ असोज, हेटौँडा । सशस्त्र प्रहरी बल १४ नम्बर गण हेडक्वार्टर मकवानपुरबाट खटिएको सशस्त्र प्रहरी टोलीले १४ किलो प्रतिबन्धित लागु औषध गाँजा बरामद गरेको छ ।
शुक्रबार बिहान सशस्त्र प्रहरी सहायक निरिक्षक बिर बहादुर लामाको कमाण्डमा खटिएको मोवाइल टोलीले हेटौडा उपमहानगरपालिका वडा नं. ३ लेवटबाट कालो झोलाभित्र प्याक गरेर राखेको अवस्थाको गाँजा बरामद गरेको हो । लेवट सामुदायिक बनको बाटो हुँदै हेटौडा तर्फ आउँदै गरेका २ जना व्यक्तिले सशस्त्र प्रहरीको टोलीलाई देखेर झोला छोडी भागेका थिए ।
उक्त झोला खोली हेर्दा झोला भित्र अन्दाजी अन्दाजी १४ किलो ३ सय ८० ग्राम अबैध लागुऔषध गाँजा फेला परेको १४ नम्बर गण हेड क्वार्टर मकवानपुरका प्रमुख प्रहरी उपरिक्षक ज्ञानप्रसाद भुर्तेलले बताउनुभयो ।
गाँजा फालेका व्यक्ति फरार रहेको सशस्त्र प्रहरीले जनाएको छ । बरामत गाँजा जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई बुझाउने तयारी भएको प्रहरी उपरिक्षक भुर्तेलले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*