ग्रील तथा स्टील व्यवसायी संघको ११ औँ वार्षिक साधारण सभा सम्पन्न

संवाददाता
५ आश्विन २०८१, शनिबार १६:५०

५ असोज, हेटौँडा । मकवानपुर ग्रील तथा स्टील व्यवसायी संघ जिल्ला समिति मकवानपुरको ११ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
केन्द्रिय अध्यक्ष ठूलोबाबु श्रेष्ठको प्रमुख आतिथ्यतामा साधारणसभा भएको हो । ग्रिल तथा स्टील व्यवसायी संघ मकवानपुरका अध्यक्ष केशव प्रसाईको अध्यक्षतामा आयोजित कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका वस्तुगत तर्फका उपाध्यक्ष राजु अधिकारी, ग्रिल तथा स्टील व्यवसायी महासंघका केन्द्रिय महासचिव विवेकदास श्रेष्ठ, केन्द्रिय उपाध्यक्ष विष्णुमाया उच्ही, केन्द्रिय सदस्य एवं सल्लाहाकार प्रकाश पौडेल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
संघका अध्यक्ष प्रसाइँले अध्यक्षको प्रतिवेदन र कोषाध्यक्षले आय व्यय विवरण प्रस्तुत गरेका थिए । ग्रिल तथा स्टील व्यवसायी महासंघ नेपालमा आबद्ध रहेको रहेको यस संघमा १ सय ५० ग्रील तथा स्टील व्यवसायी आवद्ध रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*