गजल मञ्च मकवानपुरको २ सय १७ औं नियमित गजल यात्रा सम्पन्न
५ असोज, हेटौँडा । गजल मञ्च मकवानपुरको २ सय १७ औं नियमित गजल यात्रा शनिबार सम्पन्न भएको छ ।
यस यात्रामा गजलकार दीपक गौतमको एकल गजल तथा ४ नवर्सजकका गजल वाचन गरिएको थियो । कार्यक्रममा गजलकार गौतमले स्वतन्त्र गजल वाचन गर्नुभएको थियो ।
नवसर्जकका तर्फबाट सामना रिजाल, प्राश्ना पौडेल, अनुसुया खनाल र रुबस पराजुलीले गजल बाचन गरेका थिए । गजल मञ्च मकवानपुरका अध्यक्ष केशव समर्पणको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार निमेष निखिलको प्रमुख आतिथ्यता रहेको थियो ।
मञ्चले हरेक महिनाको पहिलो शनिबार नियमित गजल यात्रा गर्दै आएको छ ।














