हेटौडा अस्पताल बचाउ तथा सुधार अभियानले प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाउने
५ असोज, हेटौँडा । हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट अलग गर्नुपर्ने माग गर्दै हेटौडा अस्पताल बचाउ तथा सुधार अभियानले बागमती प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाउने भएको छ ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ माथि पुर्नविचार गर्न आग्रह गर्दै ज्ञापनपत्र बुझाउन लागिएको अभियानका संयोजक प्रकाश पौडेलले बताउनुभयो ।
२०७६ साल असोज २ गते जारी भएको उक्त ऐनले हेटौंडा अस्पतालको अस्तित्व नै समाप्त पार्ने भएकाले पूर्नविचारका प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुख, दलहरुको संसदीय कार्यालय र प्रदेश सभा सदस्यलाई आइतबार ज्ञापनपत्र बुझाइने शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । हेटौंडा अस्पतालबाट ¥याली सहित निर्णय पूर्न विचारका लागि सम्बन्धित निकायमा जाने संयोजक पौडेलले बताउनुभयो ।
हेटौडा अस्पतालको सम्पुर्ण जग्गा जमिन, भवन, लगायतका चल÷अचल सम्पति प्रतिष्ठानको नाममा जाने निर्णयको पुर्नविचार गर्न हेटौंडा अस्पताल सुधार तथा बचाउ अभियानले सबै प्रदेश सभा सदस्यलाई अनुरोध गरेको छ ।
अस्पताललाई प्रतिष्ठान मातहतमा लगेर अस्तित्व नै मेटाउन खोजिएको हेटौडा अस्पताल बचाउ तथा सुधार अभियानका सहसंयोजक एवं अधिवक्ता केशब प्रसाद गौतमले बताउनुभयो । यस विरुद्ध अधिवक्ता गौतमले सवोच्चमा रीट दायर समेत गराउनु भएको छ ।














