बागमती प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक
६ असोज, हेटौँडा । बागमती प्रदेश सरकारका गठबन्धन दल नेपाली कांग्रेस र एमालेले सरकारका न्युनत्तम साझा कार्यक्रम प्रस्तुत गरेका छन् ।
सरकार गठन भएको दुई महिनापछि गठबन्धन दलहरुले साझा कार्यक्रम प्रस्तुत गरेका हुन् । संघीय सरकारसंगको समन्वयमा प्रदेश प्रहरी तथा प्रदेश अनुसन्धान ब्युरो स्थापना गर्ने, संबिधानको सर्बोच्चता कानूनी राज्य र सुशासनको प्रत्याभुती दिलाउनेगरी सरकार सञ्चालन गर्ने लगायतका ६७ बुँदे न्युनत्तम साझा कार्यक्रम घोषणा गरिएको छ ।
सुशासन, भ्रष्टाचारमा सुन्य सहनशीलता, राजनीतीक स्थायित्वका लागि संबिधान र कानूनमा संसोधन गर्न संघीय सरकारलाई सहयोग गर्ने जस्ता विषय बागमती प्रदेश सरकारको न्युनत्तम साझा कार्यक्रममा समेटिएका छन् ।
प्रदेश सरकारले सुरु गरेका अधुरा आयोजनाहरु सम्पन्न गर्ने, विपन्न नागरिकका लागि सुरक्षीत आवास, बालबालिका र जेष्ठ नागरिकलाई निशुल्क औषधि उपचार गर्ने, कला संस्कृति र सम्पदाको संरक्षण गर्ने बन अतिक्रमण रोक्ने लगायतका विषय समेत न्युनत्तम साझा कार्यक्रममा समेटिएको छ ।
न्युनत्तम साझा कार्यक्रम सार्वजनिक समारोहमा गठबन्धन दल एमाले र कांग्रेस सहित विपक्षी दल राप्रपाका संसदीय दलका नेता, मुख्यमन्त्री, मन्त्री र प्रदेश सभा सदस्यहरु सहभागी थिए ।














