थाहानगरमा करेन्ट लगाइ माछा मार्नेलाई ५ हजार जरिवाना, सामान जफत

संवाददाता
९ आश्विन २०८१, बुधबार १३:५२

९ असोज, हेटौँडा । थाहा नगरपालिकाले खोलामा करेन्ट लगाइ माछा मार्ने एउटा समूहलाई ५ नियन्त्रणमा लिई कारबाही गरेको छ ।
थाहा नगरपालिकाबाट खटिएको नगर प्रहरीले माछा मार्ने उक्त समूहको २ वटा बाल्टिन र करिब ५० मिटर विद्युत जडान गर्ने तार समेत जफत गरेको छ । उनीहरुलाई कारबाहीसहित ५ हजार रुपियाँ जरिवाना लगाएको छ ।
थाहानगर प्रहरीको सक्रियतामा थाहानगरको वडा नम्बर २ र ३ को सीमानामा पर्ने पालुङ खोलामा माछा मार्दै गरेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइएको थाहानगर प्रहरी प्रमुख किरण गिरीले जानकारी दिए । उनीहरुलाई असोज ७ गते नियन्त्रणमा लिइएको हो ।
माछा मार्ने क्रममा नियन्त्रणमा लिइएकाहरुलाई असोज ८ गते नगरपालिकामा ल्याई थाहा नगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण ऐन, २०७६ बमोजिम कारबाही गरी ५ हजार रुपियाँ जरिवाना लगाइएको हो । नियन्त्रणमा लिइएकाहरुले कानून कहिल्यै उलंङ्घन नगर्ने र नगर प्रहरीले चलाएको सकारात्मक अभियानमा सँधै सहयोग गर्ने बताएका छन् । उनीहरुले भुलबस गलत काम गरेको स्वीकार्दै कहिल्यै यस्तो भूल नगर्ने प्रतिवद्धता जनाएका छन् ।
यसअघि थाहा नगरपालिकाले वातावरण दिवसको अवसरमा खोलामा माछाको भुरा छोडेको थियो । अहिले पालुङ खोलामा माछाको संख्या समेत वृद्धि हुँदै गएको स्थानीयहरुले बताएका छन् ।
यसैबीच थाहा नगरपालिकाको खोलामा विद्युत तथा विभिन्न केमिकल प्रयोग गरी जलचर माछा समात्ने तथा मार्ने कार्य नगर्न नगराउन असोज ८ गते सूचना जारी गरी सबैलाई सूचीत गराएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*