कुलेखानी बाँध भरिने चरणमा, नदीकिनाराका बस्तीमा उच्च सतर्कता अपनाउन आग्रह

संवाददाता
११ आश्विन २०८१, शुक्रबार १८:०६

११ असोज, हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका स्थित कुलेखानी जलविद्युत् आयोजनाको जलाशयमा पानी भरिएपछि सर्तकता अपनाउन प्रशासनले आग्रह गरेको छ ।
अविरल वर्षाको कारण कुलेखानी ड्याम केही घन्टामा भरिने स्थिति देखिएको भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले ड्याम तल क्षेत्रका बासिन्दालाई उच्च सर्तकता अपनाउन आग्रह गरेको हो ।
बाँधको सुरक्षालाई समेत मध्यनजर गरी ड्यामका ढोका खोल्नुपर्ने अवस्था सिर्जना हुनसक्ने देखिएकोले कुलेखानी बाँधदेखि तल सिस्नेरी हुँदै वागमती नदी किनाराका बस्तीहरूमा एक्कासी बाढी आउन सक्ने अवस्था देखिएको हुँदा कुलेखानी देखि तलका तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूले उच्च सतर्कता अपनाउन र प्रतिकार्यमा खटिने सुरक्षाकर्मीहरू एवं स्वयंसेवकहरू समेत हाइ एलर्टमा बस्न शुक्रबार जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।
साथै सम्बन्धित पालिकाका स्थानीय विपद् व्यवस्थापन समितिहरूलाई सुरक्षित स्थानको पूर्वतयारी गर्नुहुन समेत प्रशासनले अनुरोध गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*