एन्फा एकेडेमीका तीन जना विद्यार्थीको शव हेटौंडा ल्याईयो

संवाददाता
१४ आश्विन २०८१, सोमबार ११:५८

१४ असोज, हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका, सिस्नेरी पहिरोमा परि मृत्यु भएको एन्फा एकेडेमीका तीन जना विद्यार्थीको शव हेटौंडा ल्याइएको छ ।
बत्सला माध्यमिक विद्यालयमा सञ्चालित एन्फा एकेडेमीमा गत जेठ महिनादेखि बन्द प्रशिक्षणमा रहेका ६ जना विद्यार्थीको पहिरोमा परेर शनिबार मृत्यु भएको थियो । ती मध्ये ३ जना विद्यार्थीको शव सोमबार हेटौँडा ल्याइएको हो ।
मकवानपुरका अनुपम घलान, साइमन योन्जन र बाराका विकल रेग्मीको शव शिक्षण अस्पतालमा पोस्टमार्टम पश्चात् हेलिकप्टर मार्फत हेटौंडा ल्याइएको हो । बागमती प्रदेश प्रहरी कार्यालयबाट शव यात्रा सहित श्रद्धाञ्जलीका लागि हुप्राचौरमा राखिएको थियो । श्रद्धाञ्जली सभापछि रेग्मीको शव गृहजिल्ला बारा लगिएको छ ।
पारिवारिक श्रोतको अनुसार घलानको मंगलबार मात्रै अन्तेष्टि गरिने भएको छ । साइमन योन्जनको आजै बेलुका अन्तिम संस्कार गरिने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*