पर्यटन मन्त्रीको दाबीः नीतिगत रुपान्तरणमा इतिहासमै कुनै मन्त्रीले नगरेको काम गरेको छु

संवाददाता
१५ आश्विन २०८१, मंगलवार १३:१५

१५ असोज, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नीतिगत रुपान्तरणमा इतिहासमै कुनैपनि मन्त्रीले नगरेको काम गरेको दाबी गर्नुभएको छ ।
मंगलवार मन्त्रालयमा नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को ध्यानाकर्षण पत्रपछि बोल्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले इतिहासमै अर्को कुनै मन्त्रीले नगरेको प्रयास आफूले गरेको भन्दै अहिले नीतिगत रुपान्तरणमा निकै ठूलो प्रयास भइरहेको बताउनु भयो । उहाँले आउने हिउँदे अधिवेशनमा पर्यटन मन्त्रालयबाट जाने ऐनहरुको लाइन लाग्ने जिकिर गर्नुभयो ।
उहाँले संस्कृति नीति तयार भइरहेको, पर्यटन नीति, समसामयिक नीति तयार भइरहेको बताउनु भयो । हवाई नीति, नयामक निकाय र सेवा प्रदायक निकायको विधेयक पनि अघि बढाइने मन्त्री पाण्डेले जानकारी दिनुभयो । उहाँले आन्तरिक उडानमा दुर्घटनामा पर्ने र अन्तर्राष्ट्रियमा दुर्घटनालाई लिएर समायोजन, एकरुपता र न्यायोचित बनाउने गरी बीमा सम्बन्धी ऐन ड्राफ्ट गरिरहेको बताउनु भयो । गैरसैनिक हवाई उड्डयनको विधेयक पनि तयार गरिरहेको बताउनु भयो ।
मन्त्री पाण्डेले ठूलो नीतिगत र कानूनी रुपान्तरणका लागि प्रयास भइरहेको जिकिर गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*