जिल्लाको शान्ति सुरक्षा पहिलो प्राथमिकताः प्रहरी प्रमुख खड्का

संवाददाता
१८ आश्विन २०८१, शुक्रबार १५:२२

१८ असोज, हेटौँडा । मकवानपुरका प्रहरी प्रमुख विश्वराज खड्काले जिल्लाको शान्ति सुरक्षा पहिलो प्राथमिकतामा रहेको बताउनुभएको छ ।
केही दिन अगाडीमात्रै जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रमुखको जिम्मेवारी लिएर आउनुभएका खड्काले प्रदेश राजधानी समेत रहेको जिल्लाको सुरक्षालाई पहिलो प्राथमिकता दिएको उल्लेख गर्नुभयो । शुक्रबार कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रहरी प्रमुख खड्काले जिल्लामा भीआइपी र भीभीआइपीहरुलाई समेत मध्यनजर गर्दै सुरक्षा व्यवस्था कायम राख्न हरसम्भव प्रयास गरिने बताउनुभयो ।
प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले लगत्तै नगर क्षेत्रमा सिसि क्यामेरा जडानका लागि नगरप्रमुख मिना कुमारी लामा समक्ष आग्रह गरेको उहाँले जानकारी दिनुभयो । लागूऔषध ओसारपसारको ट्रान्जिट बन्दै गएको मकवानपुरमा यसको नियन्त्रणका लागि विशेष पहल गर्ने उहाँले बताउनुभयो । मकवानपुरको प्रमुख नाका रातोमाटेमा विशेष कठोर सुरक्षा रणनीति अपनाएर कार्यान्वयनमा जाने समेत उहाँले प्रतिबद्धता जनाउनुभयो ।
चाडबाडकै समयमा देशमा विपद् आउकाले सुरक्षा चूनौति बढेको बताउँदै प्रहरी प्रमुख खड्काले अपुग जनशक्ति थप गरेर सम्भावित जोखिम न्यूनिकरणमा लागेको बताउनुभयो ।
पिडितलाई प्रतिकुल असर पार्ने बाहेकका सूचनाहरु उपलब्ध गराउन सञ्चारकर्मीले प्रहरी प्रशासन समक्ष आग्रह गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*