११ करोड मूल्य बराबरको सुन सहित दुई भारतीय नागरिक पक्राउ
मकवानपुर प्रहरीले ८ किलो ८ सय ग्राम सुन सहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरी प्रमुख विश्वराज खड्काको कमान्डमा खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटेबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
विशेष सूचनाका आधारमा शनिबार बिहान पुर्व पश्चिम सडकखण्ड अन्तर्गत पथलैयाबाट हेटौडातर्फ आउदै गरेको बागमती प्रदेश ०२–०४७ प ७५०३ नम्बरको स्कुटरलाई चेकजाँच गर्ने क्रममा बिल बिजक नभएकोे ८ किलो २ सय ४३ ग्राम ९७० मिलिग्राम सुन बरामत गरेको प्रहरी उपरिक्षक विश्वराज खड्काले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार बरामद गरिएको सुनको मूल्य ११ करोड ४३ लाख ५७ हजार ८ सय ७८ रुपैयाँ रहेको छ ।
पक्राउ पर्नेहरुमा स्कुटर चालक भारत महाराष्ट्र सांगली जिल्ला दिघंची थाना पुजारवाडी बस्ने अन्दाजी बर्ष २५ का अभिषेक अजिनाथ कुटी र सोही स्कुटरमा पछाडी सवार भारत महाराष्ट्र राज्य सांगली जिल्लाबस्ने अन्दाजी बर्ष २७ को राहुल भिट्टिहाल रहका छन् ।
सुन सहित पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान तथा कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।















