पीडितलाई प्रभावकारी ढंगले राहतको व्यवस्था मिलाइनेछः प्रधानमन्त्री ओली

संवाददाता
२० आश्विन २०८१, आईतवार १८:४६

२० असोज, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो पीडितलाई राहत दिने कामलाई सरकारले अझै प्रभावकारी ढंगले अघि बढाउने बताउनुभएको छ ।
आईतवार अपरान्ह सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा नेपाली काँग्रेसले राहत स्वरुप दिएको ५० लाख रुपैयाँ ग्रहण गर्दै उहाँले सो प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।
विपत्तिको बेलामा सामाजिक संघ, संस्थाहरुले पनि पीडितलागि गरेको सहयोग उत्साहपूर्ण रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले उनीहरुको राहतको काममा सरकार अझै क्रियाशील भएर लागि पर्ने बताउनुभयो । उहाँले विपद्को सामना सबैले मिलेर गर्नुपर्ने उल्लेख गर्दै त्यस काममा केन्द्रित भएर लागेकोमा सबै राजनीतिक दल, व्यक्ति, शक्ति लगायतका सबैप्रति आभार पनि व्यक्त गर्नुभयो ।


यसैगरी सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले)ले बाढी पहिरो पीडितका लागि ५० लाख आर्थिक सहयोग गरेको छ । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वको टोली सो रकम बराबरको चेक पार्टी अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरेको हो । एमालेले यस बाहेक पार्टीका सांसदहरुको आधा महिनाको तलव पनि सो राहत कोषमा जम्मा गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*