हेटौंडाको बसपार्कमा रहेको राष्ट्रिय झण्डा फेरियो
२४ असोज, हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० बसपार्कमा रहेको राष्ट्रिय झण्डा फेरिएको छ ।
बिहिबार फुलपातीको अवसरमा गत फागुन ७ गते प्रजातन्त्र दिवसको दिन राखिएको २० फिटको झण्डालाई हटाएर १६ फिटको झण्डा राखिएको हो । फत्तेनारायण डंगोल, इन्द्रकुमारी डंगोल र बालगोपाल डंगोलको स्मृतीमा डंगोल परिवारले राष्ट्रिय झण्डा हेटौंडाको मुख्य भाग वसपार्कमा राखिएको थियो ।
लक्ष्मीदेवी डंगोलको हातबाट नयाँ झण्डा फेरिएको दिनेश डंगोलले जानकारी दिनुभयो । नयाँ झण्डा फेर्नको लागि हेटौंडा उपमहानगरपालिकाको नगर प्रहरीले सहजीकरण गरेको थियो ।














