बागमती प्रदेशसभाको सचिवमा रामकुमार पौडेल नियुक्त
२० चैत्र, हेटौँडा । बागमती प्रदेशसभाको सचिवमा रामकुमार पौडेल नियुक्त हुनुभएको छ ।
बुधबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाको सचिवमा पौडेललाई नियुक्त गर्नुभएको हो ।
प्रदेशसभाका सभामुख भुवनकुमार पाठकको सिफारिसमा प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा १९५ को उपधारा (१) अनुसार पौडेललाई सभाको सचिवमा नियुक्त गर्नुभएको हो । महालक्ष्मी नगरापालीका–९ लामाटार स्थायी ठेगाना भएका पौडेल नेपाल सरकारका सहसचिव हुन् ।
संघीय संसदमा १७ वर्ष सेवा गरेका उनलाई प्रदेशसभाको ५ वर्ष अवधिका लागि नियुक्त गरिएको हो । नियुक्तिसंगै सचिव पौडेलले बुधबार नै पद तथा गोपनियताको सपथ समेत ग्रहण गरिसक्नुभएको छ । सभामुख पाठकले नवनियुक्त सचिव पौडेललाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको हो । सचिव पौडेलले बुधबार नै पदभार ग्रहण समेत गर्नुभएको छ ।














