राजसंस्था पुर्नस्थापनाको लागि देशभर र प्रवासमा पनि समिति गठन गर्ने

संवाददाता
२० चैत्र २०८१, बिहीबार ११:३९

२१ चैत्र, काठमाडौँ । राजसंस्था पुर्नस्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले देशभर र प्रवासमा पनि समिति गठन गर्ने भएको छ ।
समितिले वक्तव्य जारी गर्दै देशभरका सबै जिल्ला र प्रवासमा संयुक्त आन्दोलन परिचालन समिति विस्तार गर्ने बताएको हो ।
समितिका प्रवक्ता स्वागत नेपालले आन्दोलन कमजोर नभएको बताउँदै अझै सशक्त बनाउन देशैभर समिति गठन गरेर आन्दोलनलाई सभ्य रुपमा अघि बढाउने बताउनुभएको छ ।
अहिले औपचारिक रुपमा आन्दोलन नै सुरु नभएको बताउँदै उहाँले चरणबद्ध कार्यक्रम घोषणा गर्ने बताउनुभयो । जस अनुसार प्रचारात्मकदेखि अल्टिमेटम हुँदै अनिश्चितकालीन आमहड्तालका कार्यक्रम घोषणा गरिने उहाँको भनाइ छ ।
राजवादीहरूले यसअघि यही चैत १५ गते तीनकुनेमा आन्दोलन गरेका थिए । उक्त आन्दोलनले हिंसात्मक रुप लिंदा २ जनाको मृत्यु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*