रानी सामुदायिक वन उपभोक्ता समूहको निर्वाचन सम्पन्न
२३ चैत्र, हेटौँडा । हेटौंडा उपमहानगरपालिका ६ स्थित रानी सामुदायिक वन उपभोक्ता समूहको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।
कार्यालय परिसरमा सम्पन्न निर्वाचनमा १ हजार एक सय तीन उपभोक्ताले मतदान प्रक्रियामा सहभागिता जनाएका छन् । मतदान समय बिहान ८ बजेदेखि सुरु भई अपरान्ह दिउँसो ३ बजेसम्मका लागि तोकिएको थियो । निर्वाचनमा अध्यक्षका प्रत्यासी नानीमैया रुम्बा र केशव धितालले आआफ्नो प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् ।
अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव कोषाध्यक्ष र सदस्य गरि १३ सदस्यीय कार्यसमितिका लागि २७ जनाले उम्मेदवारी दिएका छन् । अन्तिम मतपरिणाम आइतबार बिहानसम्म आउने निर्वाचन अधिकृत अर्जुन प्रसाद चौलागाईले जानकारी दिनुभयो ।
हेटौंडाको ६ नम्बर वडा र मकवानपुरगढी गाउँपालिकाको वडा नम्बर ३ र ४ का केही भाग कार्यक्षेत्र रहेको यस वन समूहमा १ हजार ६ सय सदस्य आवद्ध रहेको कार्यालय सचिव भीमसेन पौडेलले जानकारी दिनुभयो ।














