अनुगमनको क्रममा बरामद गरेका अखाद्य सामाग्री जलाएर नष्ट
२४ कार्तिक, हेटौँडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले चाडवाड लक्षित बजार अनुगमनको क्रममा बरामद गरेका अखाद्य सामाग्री जलाएर नष्ट गरेको छ ।
ठूलो परिमाणका अखाद्य पदार्थ र प्लाष्टिकजन्य उत्पादनहरु प्रशासन कार्यालयकै परिसरमा शुक्रबार जलाएर नष्ट गरेको हो । विभिन्न मितिमा अनुगमनबाट जफत गरिएको सामान सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्र प्रसाद चापागाईं, प्रहरी र पत्रकारको रोबरमा जलाएर नष्ट हो । अनुगमनको क्रममा जफत गरिएको ३ लाख ५ हजार बराबरको सामानलाई नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चापागाईले बताउनुभयो । उहाँले अनुगमन गरिएका पसलहरु मध्ये ७ वटा पसललाई १ लाख ३५ हजार र ठूला दुई पसललाई ५०–५० हजार जरिवाना गरिएको जानकारी दिनुभयो ।
उहाँले गुज्रिएको र गलत प्रविधिको सामानहरु उपभोक्तासम्म नपुगोस् भन्ने हेतुल चाडपर्व लक्षित बजार अनुगमन गरिएको बताउनुभयो ।














