आकर्षण ब्यूटी एण्ड ट्रेनिङ सेन्टरले मनायो स्थापनाको २० औं वर्षगाँठ

संवाददाता
२५ श्रावण २०८१, शुक्रबार १७:४६

२५ श्रावण, हेटौँडा । सौन्दर्य क्षेत्रमा बेग्लै पहिचान बनाउँदै आएको हेटौंडा ४ स्कुलरोड स्थित आकर्षण ब्यूटी एण्ड ट्रेनिङ सेन्टरले स्थापनाको २० औं वर्षगाँठ मनाएको छ ।
सौन्दर्य क्षेत्रमा व्यवसायिक सफलता हात पार्दै आएको ब्यूटी पार्लरले भव्य रुपमा स्थापना दिवस मनाएको हो । हेटौंडा स्कुल अफ म्यानेजमेन्टका प्रिन्सिपल पुरन बहादुर जोशीको प्रमुख आतिथ्यतामा स्थापना दिवस मनाइएको हो । उक्त अवसरमा बेसिक, डिप्लोमा र स्पेशल कोर्ष ब्युटी पार्लर तालिमका सहभागिलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो । वार्षिकोत्सवको अवसरमा साँस्कृतिक कार्यक्रम सेमत गरिएको थियो ।
आकर्षण ब्यूटी पार्लरले सौन्दर्य क्षेमा रुची राख्ने महिलालाई तालिमको समेत प्रदान गर्दै आएको छ । पार्लरकी अध्यक्ष गमला राजभण्डारी अस्मिताको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका हिम प्रसाद पौडेल, पत्रकार महासंघ मकवानपुरका कार्यबाहक अध्यक्ष ध्रुव अधिकारी लगायतको आतिथ्यता थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*