आगलागी पीडितलाई उपमहानगरको सहयोग

संवाददाता
२ फाल्गुन २०८०, बुधबार १८:५८

२ फागुन, हेटौँडा । हेटौडा उपमहानगरपालिकाले हेटौडा १८ हर्नामाडीमा घर आगलागी भएको पिडितलाई राहत सहयोग गरेको छ ।
स्थानीय राम बहादुर पाख्रीनको मंगलबार राती आगलागी भएको थियो । १२ जना परिवारको लागी एक महिनाको लागी पुग्ने खाद्यान्न र भाडाँ कुडा, ग्यास सिलिण्डर, त्रिपाल सहयोग गरेको हो । उपमेयर राजेश बानियाँको संयोजत्वमा सामान हस्तान्तरण गरिएको हो । उपमेयर बानियाँले उपमहानगर विपद्मा रहेको व्यक्ति र परिवारको गाँस, बाँस ,कपासको व्यवस्थाको लागि अग्रसर रहने बताउनुभयो । उक्त कार्यक्रममा १८ नम्बरका वडा अध्यक्ष अनिल बानियाँँ, वन वातावरण तथा विपत व्यवस्थापन शाखा प्रमुख चन्दा खड्का लगायतको सहभागीता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*